top of page

हाम्रोबारे

ल्यान्डमार्क सम्पत्ति साझेदार एक LLC को रूपमा ओहायो राज्य अन्तर्गत दर्ता गरिएको निजी कम्पनी हो। यो 2021 ईस्वी मा स्थापित भएको थियो। ल्यान्डमार्कले सम्पत्तिसँग सम्बन्धित सबै सम्भावित सेवाहरू प्रदान गर्दछ। हामी तपाईंको स्थिर सम्पत्ति जस्तै जग्गा, व्यावसायिक भवन, पर्यटन परियोजना, कृषि योजना वा आवासीय घरसँग सम्बन्धित सबै सेवाहरु एकै ठाउंबाट प्रदान गर्दछौं। हामी हाम्रा ग्राहकहरूलाई योग्य तथा आकर्षक सम्पत्ति फेला पार्न, यसको विकास योजना र निर्माण गर्न मद्दत गर्छौं।

मिशन (Mission)

हाम्रो ग्राहकलाई सम्पत्तीको चयन, योजना र विकासमा सहयोग गर्दछौं।

दृष्टि (Vision)

सम्पत्ति विकासको लागि एक स्टप समाधान प्रदान गर्न सबैभन्दा भरपर्दो कम्पनी बन्न।

सामान्य रुपमा,

तपाईलाई सम्पत्ति लिन चाहानुहुन्छ? (जस्तै घर, जग्गा, व्यापार / व्यावसायिक भवन, रिसोर्ट्स / पुनर्निर्माण सुविधाहरू, कृषि / पर्यटन परियोजना) यदि चाहानुहुन्छ भने ल्यान्डमार्कले तपाईकोलागि उत्कृष्ट सम्पत्ति फेला पार्न मद्दत गर्नुका साथै, त्यसको परियोजना बनाउनेछ र निर्माण समेत गरिदिनेछ।

हाल हामी घर निरीक्षण सेवा मात्र प्रदान गर्छौं।
अन्य सेवाहरू चाँडै आउँदैछन् ...................

Marble Surface
Suburb Houses

घर निरीक्षण के हो?

घर निरीक्षण भनेको निरीक्षणको समयमा घरको अवस्थाको दृश्य-अवलोकन हो। घर निरीक्षण प्रशिक्षित, इजाजतपत्र प्राप्त र योग्य गृह निरीक्षक द्वारा मात्र गरिनु पर्छ। घरको निरीक्षणले घरमा हुने सम्भावित महत्त्वपूर्ण खराबीहरू स्पष्ट रूपमा पहिचान गर्नुपर्छ जसले तपाईंको खरिद निर्णयलाई असर गर्न सक्छ वा तपाईंको खल्तीबाट भविष्यमा अतिरिक्त खर्च गराउन सक्छ। त्यसैगरी, घर निरीक्षणले मर्मतको आवश्यकता भएका क्षेत्रहरू, साथै तिनीहरूको उपयोगी जीवनकालको सकिएको भए त्यसको समेत पहिचान गर्नुपर्छ।

bottom of page